जनतासंग प्रत्यक्ष जोडिएका कानुनहरु निर्माण गर्दा प्रयाप्त छलफल गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १ । सरोकारवालाहरुले जनतासंग प्रत्यक्ष जोडिएका कानुनहरु निर्माण गर्दा प्रयाप्त छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

संघिय संसद सचिवालयले विराटनगरमा आयोजना गरेको संसद र नागरिक सरोकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले कानुन व्यवहारिक नबन्दा कार्यान्वयनको अवस्था नाजुक रहेको भन्दै कानून निर्माण गर्दा प्रयाप्त छलफल गर्नुपर्नेमा जोड दिएका हुन् । एकातिर बनेका कानुनहरु कार्यान्वयन नभईरहेको र अर्कातिर समयमा ऐन कानुन नबन्दा जनताहरुले सडक मै आउनुपर्ने अवस्था समेत रहेको समेत सरोकारवालाहरुले जनाएका छन् ।

कार्यक्रममा संघिय सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदलाई अझै प्रभावकारी बनाउन र कानुन निर्माणमा जनताको चाहना र अपेक्षा बारे बुझ्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जानकारी दिनुभयो । लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन व्यवहारिक कानुन बनाउन संसदले सरोकारवालाहरुसंग छलफल गरिरहेको उहाले बताउनुभयो ।

कार्यक्रममा मोरङका प्रतिनिधि सभाका सांसदहरु, संघिय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डे, पालिका प्रमुख, अधिकारकर्र्मी, संघसंस्थाका प्रतिनिधीहरु, उद्योगी व्यापारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्