अर्थतन्त्रमा देखिएकाे समस्या समाधान गर्न आवश्यक समन्वय गर्न नीजि क्षेत्रसँग उपप्रधानमन्त्री सिंहकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

१ मंसिर, काठमाडौं ।उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएकाे समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेकाे भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभएकाे छ ।

माेरङ चेम्बर अफ कमर्शले आयाेजना गरेकाे अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । कार्यक्रममा माेरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्ता देखि अहिले भाेगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहकाे ध्यानाकर्षण गराएका थिए ।

सरकारकाे अहिलेकाे मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेकाे भन्दै उहाँले अर्थतन्त्रकाे विकासका लागि नीजि क्षेत्रकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । उपप्रधानमन्त्री सिंहले ०७२ काे भूकम्प, त्यसपछि काेभिडका कारण समस्यामा परेकाे अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेकाे बताउनुयाे ।

उहाँले देशकाे अर्थतन्त्र सुदृढ बनाउन उत्पादनकाे क्षेत्रमा जाेड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेकाे भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गर्नुभयाे ।नेपाली कांग्रेसकाे नेतृत्वमा ०४८ सालमा बनेकाे सरकारले लिएकाे खुला बजार अर्थनीतिकै कारण देशमा नीजि क्षेत्रकाे विकास भएकाे पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराउनुभयाे ।

०४६ साल अगाडी नीजी क्षेत्रका व्यवसायीहरूले भाेगेकाे समस्या अहिलेकाे भन्दा धेरै गुणा बढी थियाे । अहिले व्यवस्था बदलियाे अवस्था बदलिएन भन्ने भाष्य बनाउन खाेजिएकाे छ । व्यवस्था मात्र हाेइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएकाे छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएकाे छ । तर, समयअनुसार नयाँ चुना‌ैतिहरू आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जाेड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ । ´ सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भाेगिरहेकाे चर्चा गर्दै उहाँले राजनीति स्थायीत्वकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेकाे पनि बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन माेरङले आयाेजना गरेकाे स्वास्थ्य शिविरमा पनि सहभागी हुनुभयाे । उहाँले फाउन्डेसनले आयाेजना गरेकाे शिविरबाट लाभ लिनबाट जदाहाका काेह पनि नछुट्ने गरि संयाेजन गर्न पनि आग्रह गर्नुभयाे । शिविरबाट करिब १ हजार नागरिकले स्वास्थ सेवा लिने छन् ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेकाे जदाहा गाउँपालिकाकाे प्रशासनिक भवनकाे पनि निरिक्षण गर्नुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्