१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको १०० दिने विशेष अभियान पुनः सुरु गरेको छ ।
कांग्रेस चितवनले अभियानका बारेमा जानकारी दिन शबिार आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान कात्तिक ३० गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।
असोज ६ गते सुरु गरेको अभियान वर्षातका कारण स्थगन गरिएको थियो । अभियानका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य इन्जिनियर मधु आचार्य आइसकेका छन् ।