वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरुङलाई सरकारको सम्मान

खबर बुक
  • ख-
  • ख+

१ मंसिर, काठमाडौं ।वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर सम्मानित भएको छ।

आर्थिक वर्ष २०७९÷८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजस्व विभागले कर दिवस अवसरमा सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए।

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कार्यक्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्। 

अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरुङ अग्रपंक्तिमा थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्