१ मंसिर, काठमाडौं ।उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवको क्रान्ती भनेको स्वदेशी औधोगिक उत्पादन रहेको बताउनु भएको छ । उत्पादनलाइ जोड नदिकन अव देशको परिर्वतन सम्भव नभएको उहाले बताउनु भएको छ ।
मोरङ चेम्वर अफ कर्मशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले देशलाइ सहि दिशामा लान विधिको शासन सवैले पालना गर्नुपर्ने बताउनु भएको छ । उहाले अहिलेकै संसदीय प्रणाली अनुशार संविधानले प्रदान गरेको अधिकार प्रदेश तथा स्थानिय सरकारमा उचित ढंगले बाढफाढ गर्नुपर्नेमा जोड दिनुभयो । सिंहले बहुदलिय व्यवस्था र त्यसपछि आएको संघिय लोकतान्त्रिक गणतन्त्रका बेला धेरै कामहरु भएपनि यसलाई ओझेलमा पार्ने प्रयास भईरहेको बताउनु भयो ।