१ मंसिर, काठमाडौं ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर असुली निराशाजनक भएकामा असन्तुष्टि जनाएका छन्।
शनिबार राष्ट्रिय कर दिवस अवसरमा आयोजित कार्यक्रमा अर्थमन्त्री पौडेलले कर असुली कम हुँदा सरकारको अनिवार्य दायित्व भुक्तानी, विकास निर्माणलगायतमा असर पुगिरेहको बताए।
लक्षित राजस्व संकलन गर्न नसक्नुमा कर अधिकृतको कार्यसम्पादनमाथि प्रश्न शंका उब्जिएको उनको भनाइ छ।
अघिल्लो आर्थिक वर्षसँग तलुना गर्दा पनि कर कार्यालयको कार्यसम्पादन कमजोर देखिएको अर्थमन्त्री पौडेलले औंल्याए। उनले भने, ‘अहिले असमान्य अवस्थामा छौं। यसलाई सामान्य गरेर मात्रै पुग्दैन। कर्मचारीले सोहीअनुसार काम गरिदिनुपर्छ।
‘सरकारको खर्च बढ्ने तर कर संकलनको स्थिति कमजोर भएको छ। यसलाई सुधार्नुपर्छ। करदातालाई कर प्रशासन सधैं प्रोत्साहन गर्ने खाले हुनुपर्छ।। करदातालाई कर सहभागिता बढाउन तथा कर तिर्नु विषय गौरवका रुपमा बुझ्न आग्रह गर्छु’।
यी हुन्, रकारलाई सबैभन्दा बढी कर तिर्ने १६ करदाता