विराटनगर । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको संसदीय प्रणाली नै उचित रहेको बताउनुभएको छ ।
प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले मुलुकका लागि अहिलेकै संसदीय प्रणाली उचित रहे पनि जनताले चाहे अन्य विकल्पमा समेत छलफल हुन सक्ने बताउनुभएको हो ।
उहाँले संविधान सभाकै बेला प्रत्यक्ष निर्वाचित कार्यकारी बारे व्यापक छलफल भएकोले प्रत्यक्ष निर्वाचित प्रणाली आवश्यक नभएको बताउनु भयो ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मन्त्रालय अन्तर्गत अत्यन्त ढिलासुस्तीमा भइरहेको विकास निर्माण बारे परिमार्जन गर्न मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा सिंहले बहुदलीय व्यवस्था र त्यसपछि आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बेला धेरै कामहरू भए पनि यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको बताउनु भयो ।