काठमाडौंमा फेला परेको शव दुई साता पुरानो हुन सक्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा फेला परेको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।

कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्