२९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपुर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिनको समय दिएको छ।
बिहीबार प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो।विद्युत महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो।
मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साताभित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिएको थियो।