काठमाडौं, कार्तिक २८ । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका एसएसपी विनोद घिमिरेले बताए ।
भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कारले मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
कारको ठक्करबाट मोटसाइकल चालकको नगरकोटीको मृत्यु भएको छ भने मोटरसाइलको पछाडि बसेकी नगरकोटीकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।