जनकपुरधाम , कार्तिक २८ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेकाे अनुभूति हुने गरि काम गर्ने बताउनुभएकाे छ ।
जनकपुरमा रहेकाे मधेस प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा संक्षिप्त सम्बाेधन गर्दै उहाँले राजनीतिक स्थिरताका लागि अहिलेकाे गठबन्धन बनेकाे भन्दै सरकारले नागरिककाे चाहना अनुसार काम गर्ने बताउनुभयाे । राजनीतिक स्थायीत्व विना विकास र समृद्धि सम्भव नरहेकाे भन्दै उहाँले कांग्रेस र एमाले गठबन्धनले स्थीरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेकाे बताउनुभयाे ।
त्यस्तै फरक सन्दर्भमा उहाँले अहिले आइरहेका चुनाैति सामना गर्न सक्ने गरि कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जाेड दिनुभयाे । प्रदेशले राम्राे काम गरे पार्टी बलियाे हुने भन्दै उहाँले मधेस प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गर्नुभयाे । सेवा प्रवाह सहज बनाउन कर्मचारीलाई निर्देशन उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री सिंहले नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ ।
शहरी विकास मन्त्रालयले निर्माण गरेकाे मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घान कार्यक्रममा बाेल्दै उहाँले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिनुभएकाे हाे । जनतालाई अनावश्यक रूपमा दुख दिने काम तपाईंहरूकाे गतिविधिबाट नहाेेेस् ,´ उहाँले भन्नुभयाे,
शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन् छिटाेछरिताे रूपमा गर्नुहाेला ।´ सभाहल र मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थलकाे निर्माणले स्थानीयलाई थप सहज हुने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गर्नुभयाे ।
त्यस्तै उहाँले याेजनाहरू बनाउँदा जनप्रतिनिधिहरूसँग सल्लाह गर्दा काम सहज हुने पनि बताउनुभयाे । `याेजनाहरू बनाउँदा आवश्यक पर्ने पूर्वाधारहरूलाई प्राथमिकताका राखेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरू सबैसँग सल्लाह गरेर काम अघि बढाउँदा राम्राे हुन्छ ,´ उहाँले भन्नुभयाे । संघीय शहरी तथा भवन निर्माण कार्यालय जनकपुरधामले समयमै काम सम्पन्न गरेकाेमा प्रशंसा गर्दै आगामी दिनमा अरू आयाेजनाहरू पनि समयमै काम सक्ने गरि अघि बढाउन निर्देशन दिनुभयाे । ६ कराेड २१ लाखमा समयमै निर्माण सम्पन्न भएकाे जलेश्वर- जनकपुरधाम-धनुषाधाम सर्किटअन्तर्गत सभाहल, विश्रामस्थल, धर्मशाला, मन्दिर परिसर सुधार, पाेखरि साैन्दर्यीकरणकाे काम सम्पन्न भएकाे छ ।
यसले जनकपुरधामकाे धार्मिक गतिविधिमा सघाउ पुग्ने विश्वास गरिएकाे छ । त्यस्तै उपप्रधानमन्त्री सिंहले धनुषाकै गणेशमान चारथान नगरपालिकामा निर्मित नेपाल रेडक्रस आँखा उपचार केन्द्रकाे नवनिर्मित शल्यक्रिया भवनकाे पनि उद्घाटन गर्नुभयाे । उहाँले शल्यक्रिया सेवा शुरू भएपछि स्थानीय नागरिकले सुविधा पाउने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विशवास व्यक्त गर्नुभयाे । आँखाकाे उपचार प्रभावकारी बनाउन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले आफूले सकेकाे सहयाेग गर्ने प्रतिवद्दता पनि जनाउनुभयाे ।
सिंह सहभागी कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य आनन्द ढुँगाना, केन्द्रीय सदस्य किरण यादव र मुक्ता यादव पनि सहभागी हुनुहुन्थ्याे ।