पर्यटन बोर्डमा मौलिक खाना प्रदर्शनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २२ । नेपाली मौलिक खानाको प्रवद्र्धनका लागि भन्दै एक दिने मौलिक खाना प्रदर्शनीको आयोजना गरिएको छ ।

सेफ्स एसोसिएसन अफ नेपालले काठमाडौंको पर्यटन बोर्डमा मौलिक खाना प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा सातै प्रदेशका १३ प्रकारका रैथाने मौलिक खाना समावेश गरिएको थियो ।

नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा सातै प्रदेशका सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १० भन्दा बढि वटा रैथाने खानाको प्रदर्शन गरेका थिए । सो क्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले खाना प्रदर्शनीको अवलोवन गर्दै यसले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्