प्रदेश १ मा आज सार्वजनिक बिदा

खबर बुक
  • ख-
  • ख+

विराटनगर, २४ कात्तिक । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताउनुभयाे। थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुिथयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्