नेपाल संवत् नेपाली माटोको संवत् हो : प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने।सं। ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् हो भने ।

आफू २०२७ सालमा काठमाडौं आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्नुहुँदै यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताए ।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्छ जनाउँदै हामीले यसका गौरव गर्नुपर्छ भन्नेमा जोड दिए ।

विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो । त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो । नेपाल संवत्का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षोल्लास मनाइँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्