काठमाडौं, कार्तिक १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रीत रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा मन्त्री गुरुङले भ्रष्टाचार अन्त्य गरि मुलुकमा सुशासन कायम गर्नेमा सरकारको ध्यान रहेको र यसमा सवैको साथ आवश्यक रहेको बताउनुभएको हो ।
अहिले मुलुक बनाउने भन्दा पनि लुट्ने र खानेमा केहिको ध्यान केन्द्रीत देखिएकाले सञ्चारमाध्यमले सचेत र सजक गराउनुपर्नेमा उहाले जोड दिनुभयो ।
मन्त्री गुरुङले राजस्व बृद्धिदर, पूँजीगत खर्च बढाउने र मुलुकलाई आर्थिक बृद्धि गर्न सरकारले लिएको लक्ष्यमा समेत सञ्चारमाध्यमले आवश्यक साथ दिनुपर्ने बताउनुभयो ।
अहिले पनि सामाजिक सद्भाव भत्काउने प्रयास भइरहेकाले सवै सजक हुनुपर्ने उहाको भनाइ छ ।
उहाले सञ्चारमाध्यमलाई राज्यको नियन्त्रणमा राख्ने सरकारको नीति नरहेको र अव बन्ने कानूनमा स्वमूल्याङ्कनको प्रस्ताव गरिएको उल्लेख गर्नुभयो ।













