६ कात्तिक, काठमाडौं । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।
यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।