सुदूरपश्चिमको डोटी केन्द्रबिन्दु भएर मंगलबार रातिदेखि बुधबार बिहानसम्म तीनपटक भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा डोटीमै केन्द्रबिन्दु बनाएर पहिलो भूकम्प गएको थियो ।
त्यसपछि ९ बजेर ५६ मिनेट र बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा अर्को भूकम्प गएको थियो ।
भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किएकाे बताइएकाे छ । अन्य विवरण अाउन बाँकी ।