कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

खबर बुक
  • ख-
  • ख+

२४ असोज, धनगढी। कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ को तेघरी र गौरीगंगा नगरपालिका–१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बुधबार साँझ गौरीगंगा नगरपालिका–१ को न्यू साउँद होटलको दोश्रो तला र गोदावरी नगरपालिका–२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्