दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

रुपन्देही, २२ कात्तिक । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्