कस्तो छ आजको मौसम ?

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २२ कात्तिक।।नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम  सफा रहनेछ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्