मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने पौडेलको दाबी

  • ख-
  • ख+

काठमाडौं  :  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
शनिबार बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गर्नुभएको हो । उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासगँ पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले खेल क्षेत्रको विकासको लागी राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउनुभयो । उहाँले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको जानकारी दिनुभयो ।

पौडेलले उर्जाशील जीवन विताएका खेलाडीको सम्मानित पूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्