
काठमाडौंः काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
शनिवार चुनाव प्रचारका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘संसद्को २ कार्यकाल संविधान लेखनमा गयो। बनाउन एक कार्यकाल संबिधान जोगााउन लाग्यो अब कार्यान्वयनमा लैजानुप¥यो। संबिधान अक्षरस पालना गरेर स्थिरताता र आर्थिक विकासका लागि गठबन्धनलाई मत आवश्यक छ।
उनले अधिकांश मतदाताबाट ्संघीयता अनुसारको तीन तहले पूर्ण रुपमा काम गर्न गर्न नसक्दा संघीयताको महसुस नसकेको गुनासने गरेको बताए। उनले यसका लागि कांग्रेसलाई म्यान्डेट दिन समेत आग्रह गरे।
‘तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक छ। यसअघि सरकारमा रहेकाहरुलाई कार्यान्वयनको अबसर थियो तर, संविधान मास्न मात्रै लागिपरे। कांग्रेसले त्यो अबसर पाएन ।
संविधान कार्यान्वयनको सुनिश्चिततासँगै विकासका लागि निर्वाचनमा कांग्रेसलाइ म्यान्डेड दिनु आवश्यक छ।