लागू औषधसहित एक युवक पक्राउ

 न्युज कारखाना 
  • ख-
  • ख+

लमजुङ, १८ कात्तिक।।लमजुङ प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले बुधबार तनहुँबाट लमजुङ तर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो ।  उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ ।

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निज उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्