नगरकोट सडक निर्माण ढिलाइकाे विराेधमा सडक अवरुद्ध

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, १६ कात्तिक । भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ ।

सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदबारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्