विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ख-
  • ख+

काठमाडौं । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ ।

बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । उद्धार गरेर अस्पताल पुर्याइएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्