खोले पक्राउने क्रममा सल्किएको आगोले घर जल्याे

न्युज कारखाना 
  • ख-
  • ख+

खोटाङ, १५ कात्तिक ।।गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ ।

घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो ।

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीकाे भनाइ छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्