अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला

न्युज कारखाना 
  • ख-
  • ख+

खोटाङ, १५ कात्तिक ।। बौद्धिक समूह नेपाल (आईसीएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीनदिने कार्याशाला गोष्ठी गरेको छ ।

च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

च्यास्मिटार माबिमा आयोजना गरिएको कार्यशाला गोष्ठी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको उपस्थितिमा समापन गरिएको छ ।

बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउनका लागि कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

कार्यशाला गोष्ठीमा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो । कार्यशाला अवधिभर अंग्रेजी र नेपाली ध्वनि र सोको शिक्षण विधिका बारेमा जानकारी दिइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्