एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक।।एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद  र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्