४ मंसिर निर्वाचन : मतपत्रको रंग कस्तो हुन्छ ?

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ ।

यसैगरी दुवै तहकाको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेता पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्