उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक।।उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्