डा. शंशाक कोइरालाको स्वास्थ्यमा सुधार

न्युज कारखाना
  • ख-
  • ख+

भरतपुर, १३ कात्तिक

चुनावी सभामा एक्कासि अचेत भएका नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताए ।

कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबर दिउँसो अचेत भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्