आगामी निर्वाचनसम्म राजीनामापत्र सुरक्षित राख्न खेलकुदमन्त्रीलाई गुरुङको सुझाव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ५ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनसम्म राजीनामापत्र सुरक्षित राख्न खेलकुदमन्त्रीलाई सुझाव दिनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटमाथिको छलफलका क्रममा गुरुङले युवा तथा खेलकुदमन्त्रीले राजीनामा पत्रै बोकेर हिडेको अभिव्यक्ति दिएको भन्दै आगामी निर्वाचनसम्म राजीनामापत्र सुरक्षित राख्न सुझाव दिनुभएको हो । उहाले युवा तथा खेलकुद मन्त्रालयमाथि धेरै टिप्पणी गर्दा राजीनामापत्र निस्किन्छ की भन्ने अवस्था देखिन सक्ने भन्दै कटाक्ष गर्नुभयो ।

खेल क्षेत्रमा देखिएको समस्याका बारेमा धेरै छलफल भएपनि समाधानका लागि कुनै पहल नहुनु दुखद रहेको उहाले बताउनुभयो । गुरुङले युवा तथा खेलकुद क्षेत्रको बिकासका लागि छुट्टाइएको बजेट निकै कम रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले गैरकानूनी कारवाहीलाई रोक्न सके अर्वौ राजस्व उठ्न सक्ने जिकिर गर्नुभयो । गुरुङले आर्थिक सुशासन कायम गर्ने हो भने पाँच सय र हजारका नोटमा प्रतिवन्ध लगाउनुपर्ने दावी गर्नुभयो ।

पाँच सय र हजारका नोटमा प्रतिवन्ध लगाए ८० प्रतिशत गैर कानूनी कारोवार, भ्रष्टाचारका साथै राजस्व चूहावट नियन्त्रण हुने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्