सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिकोे आन्तरिक कार्यविधि पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानविन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिनुभयो । विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्रचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलव्ध गराउन निर्देशन दिइसकेको उहाले बताउनुभयो ।

उहाले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगाएतका निकायहरुसंग समितिले छलफल गर्ने उल्लेख गर्नुभयो । सहकारी प्रकरणमा सम्बन्धीत व्यक्तिहरुसंग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषिलाई कारवाही गर्न सिफारिस गर्ने उहाको भनाइ छ ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्