श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरु भएको श्रममन्त्री अर्यालको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका कामहरु भएको दावी गर्नुभएको छ ।
मन्त्रीको कार्यभार सम्हालेको सय दिनमा भएका काम र भावी योजनाबारे जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले अनलाइन श्रम स्वीकृति, हटलाइन, श्रमाधान लगाएतका महत्वपूर्ण काम भएको दावी गर्नुभएको हो ।

उहाले केहि देखबाट सुरु गरेको बैदेशीक रोजगारका लागि माग प्रमाणीकरणको कामलाई आगामी श्रावणदेखि पूर्ण रुपमा अनलाइन बनाउने जानकारी दिनुभयो । त्यस्तै एक घण्टामा नै श्रम स्वीकृति दिने, कोटा प्रणाली खारेज लगाएतका महत्वपूर्ण काम भएको उहाले बताउनुभयो ।

मन्त्री अर्यालले बैदेशीक रोजगारी क्षेत्रमा हुने ठगिलाइ नियन्त्रण गर्न आफुले काम गरिरहेको भन्दै चार हजार भन्दा बढि उजुरीमाथि अनुसन्धान भइरहेको बताउनुभयो । उहाले डिजिटल हस्ताक्षर साउनदेखि सुरु गर्न लागिएको भन्दै मन्त्रालयमा आएको फाइलका बारेमा जानकारी लिन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले श्रमिकका समस्या बुझ्न नियमित रुपमा भर्चुअल बैठक बस्ने तयारी गरिएको भन्दै श्रम क्षेत्रमा नीतिगत तथा कानुनी सुधारका थप कामलाई अघि बढाउन खोजिएको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्