भेरी नदिमा बेपत्ता दुई जनाको शव सशस्त्र को गोताखोरले निकाल्यो

खबर बुक
  • ख-
  • ख+

सुर्खेत । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदीमा बेपत्ता भएका थिए ।

आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जना गोताखोरले दुवै शव ३० फिट गहिराईबाट निकालेको हो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्