कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कात्तिक।।आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आजनिर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणा पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ ।  ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानरका िदिए ।

तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्