दैलेखमा कपडा पसलमा आगलागी, झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट

  • ख-
  • ख+

काठमाडौं  :  दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागी भएको छ ।

बिसाखर प्याकुरेलको कपडा पसलमा बुधवार राति आगलागी भएको जनाएको छ ।

आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान छ ।

आगलागीको कारण पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीले बताए ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । कपडा पसल भएको घरमा नौमुले गाउँपालिकाको कार्यालय समेत रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्