रोल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु, १२ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधवार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ ।

ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्