बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने

खबर बुक
  • ख-
  • ख+

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने भएको छ ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीसँगको भेटमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले यस विषयको जानकारी गराउनुभएको हो ।

भेटमा प्रधानमन्त्री हसिनाले सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली किन्ने तयारी गरिसकेको र त्यसै क्रममा नेपालसँग ५० मेगावाट बिजुली किन्ने जानकारी गराउनुभएको हो ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्