टी-२० विश्वकपमा अर्को सनसनी, आयरल्यान्डले इंगल्यान्डलाई हरायो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ९ कात्तिक।।जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को उलेटफेर गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्