आज कार्तिक ७ गतेको राशिफल

खबर बुक
  • ख-
  • ख+

मेष   : चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 

मिथुन  : का, कि, कु, घ, ङ, छ, के, को, हा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

 

सिंह  : मा, मि, मु, मे, मो, टा, टि, टु, टे नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

 

तुला  : रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

 

धनु  : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

 

कुम्भ  :  गु, गे, गो, सा, सि, सु, से, सो, दा गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

 

वृष  : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो  आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।

 

कन्या  : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

वृश्चिक  : तो, ना, नि, नु, ने, नो, या, यि, यु  आज हराएको आत्मविश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

 

मकर  : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि   जोशजाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

 

मीन  : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  आज आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्