सुदूर पश्चिमा समीकरण विपरीत जानु अराजकता भएको समाजवादीको निष्कर्ष

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ३ वैशाख । नेकपा एकीकृत समाजवादीका उपमहा सचिव डा . विजय पौडेलले केन्द्रको समीकरण अनुसार नै प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ ।

उहाँले पार्टीको सचिवालयको अनौपचारिक बैठकले सुदूर पश्चिममा समीकरण भन्दा विपरीत जानु अराजकता भएको निष्कर्ष  निकालेकाे बताउनुभयाे ।

रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी क्रममा उपमहा सचिव पौडेलले समीकरणमा केही मतभेद भए केन्द्रलाई जानकारी गराउनु पर्ने बताउँदै प्रदेशमा फरक निवेदन हालेर समस्या समाधान नहुने उहाकाे भनाइ छ ।

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी अन्तै मोडिएको छ।  सत्ता गठबन्धनको नीति विपरीत एकीकृत समाजवादी अन्तै मोडिएपछि अनेक टीका टिप्पणी भइरहेका छन्।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीले विद्रोह नै गरेपछि गठबन्धनमा तरङ्ग पैदा भएको छ।

नयाँ सरकार गठन गर्न नेकपा एस काँग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको हो। सुरुमा सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एस लाई दिने सहमति सत्ता गठबन्धनको थियो। तर, उनीहरूले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने अर्को सहमति गरेपछि एकीकृत समाजवादी विद्रोह गर्न पुगेको छ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी नै दुई भागमा विभाजित छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्