जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा पूर्वउपाध्यक्ष गिरी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २ वैशाख । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिनुभएको थियो ।

त्यही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई बिर्तामोडबाट पक्राउ गरेको बताइएकाे छ ।

गएको चैत १८ गते भएको नेकपा एमाले हल्दीबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका आरोप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्