हालान्डको गोलमा सिटीको जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ६ कात्तिक।।स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे । केभिन डि ब्रुयनाले अर्को गोल थपे । ब्राइटनका ट्रोसार्डले एक गोल गरे ।  खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे । ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल थपे ।

दुई गोलसंगै हालान्डले प्रिमियर लिगका ११ खेलमा १७ गोल गरिसकेका छन् ।

ट्रोसार्डले गोल गर्दा खेलमा २-१ को स्थितिमा पुग्यो । ७५औं मिनेटमा केभिन गोल गर्दै ३-१ को जित दिलाए ।  जितसंगै सिटि ११ खेलबाट २६ अंक जोडेर दोश्रो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्