म्याद नाघेपछि भारतमा कोरोना विरुद्धको १० करोड डोज मात्रा नष्ट

खबर बुक
  • ख-
  • ख+

म्याद नाघेपछि भारतमा कोरोना विरुद्धको १० करोड मात्रा खोप नष्ट गरिएको छ । भारतीय खोप निर्माण कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआईं) ले आफूले उत्पादन गरेको खोप नष्ट गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी अदार पूनमवाल्लाले मागमा कमी आएपछि गत वर्षको डिसेम्बरमा कम्पनीले कोभिसिल्डका उत्पादन बन्द गरेको जानकारी दिनुभएको छ ।

भारतभरि वितरण गरिएको कोभिडविरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी कोभिसिल्ड थियो । भारतले अहिलेसम्म दुई अर्ब डोजभन्दा बढी कोभिडविरुद्धको खोप लगाइसकेको छ ।

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार बुस्टर डोज भने हालसम्म २९ करोड ८० लाख मात्रै लगाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्