
काठमाडौं , कार्तिक ४
नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औं जन्मजयन्तीका अवसरमा रचनाबाचन कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको मैतीदेवीस्थीत महाकवि लक्ष्मीप्रसाद देवकोटा संङग्रहालयमा आयोजित कार्यक्रममा श्रष्टाहरुले देवकोटाको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए भने देवकोटाका रचनाहरु बाचन गरिएको थियो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लगाएतले देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए । उप्रेतीले देवकोटा संङग्रहालय निर्माण गरेर कार्यक्रम गर्न पाउनु उपलव्धी भएको बताउनुभयो । उहाले संङग्रहालयमा पूर्णत देवकोटाको कृति लगाएत २०१६ सालमा हराएका देवकोटालाई अनुभव गर्ने स्थलका रुपमा बिकसित गरिने बताउनुभयो ।
महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मिपुजाको दिन भएको थियो ।