बारामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बारा, ४ कात्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ट्रयाक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट  इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्