
काठमाडौं, कार्तिक २
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
चैनपुरबाट मष्टा गाँउपालिका – २ खेतकोटका लागि छुटेको सु प प्र ००१ – ००१ च ११७ नम्बरको जीप मष्टा गाँउपालिका वडा नं १ मा दुर्घटना भएको हो । जीपमा सवार पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन भएको छैन ।
दुुर्घटनामा परी घाइते भएकाहरूको उद्धार भईरहेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।