निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन्।
जबरासँग बयान लिनुअघि सिफारिस समितिका सदस्यहरू आफ्नो संसदीय दलमा आन्तरिक छलफलमा छन्।
नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन्।