बेन्जेमालाई बलोन डि अर अवार्ड

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १ कात्तिक ।।रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले सोमबार बलोन डी अर अवार्ड जितेका छन् । गत सिजन रियल मड्रिडले स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमाको प्रदर्शन प्रभावशाली रहेको थियो ।

बेन्जेमाले पहिलो पटक बलोन डी अर जित्ने क्रममा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका साडियो माने, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयना र बार्सिलोना आएका रोबर्ट लेवान्डोवस्कीलाई पछि पारे ।

बेन्जेमाले रियलका लागि गत सिजन सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । बेन्जेमा पछिल्लो १० सिजन लगातार बालोन डी अरको मनोनयमा परे पनि अवार्ड पहिलो पटक हो ।

सन् २०२१ मा उनले पहिलो पटक बलोन डी अर को शीर्ष १० मा स्थान बनाएका थिए । सो वर्ष  लियोनल मेसीले अवार्ड जित्दा उनी चौथो स्थानमा रहे

यता महिलातर्फ भने बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया प्युटेलासले बालोन डी अर जितिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्